दफा ५
चलचित्र घर निर्माण गर्नु पर्ने
(१) यस ऐन बमोजिम चलचित्र घर निर्माण गर्न इजाजतपत्र
पाउने व्यक्तिले इजाजतपत्र प्राप्त गरेको मितिले दुई वर्ष भित्र स्वीकृत नक्सा बमोजिमको
चलचित्र घर निर्माण गरिसक्नु पर्नेछ ।
तर त्यस्तो इजाजतपत्र प्राप्त गर्ने व्यक्तिले कुनै मनासिब कारणबाट सो म्याद भित्र
चलचित्र घरको निर्माण पूरा गर्न नसकेमा प्रदेश सरकारले पटक पटक गरी बढीमा दुई वर्ष
सम्मको म्याद थप दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्याद भित्र इजाजतपत्र प्राप्त गर्ने व्यक्तिले चलचित्र घरको
निर्माण पूरा गर्न नसकेमा निजले पाएको इजाजतपत्र स्वतः खारेज हुनेछ ।